images
images

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्धा, ३८ करोड ६७ लाख बिगो मागदाबी

  • ९ असार २०८१, आईतवार १६:१८

काठमाडौँ । मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टचार मुद्धा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टचार गरेको आरोपमा मुख्यसचिब अर्याल सहित १२ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टचार मुद्धा दायर गरेको हो । उनीहरुविरुद्ध जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरिएको छ । गत वर्षको जेठमा मुख्य सचिव नियुक्त भएका अर्याल भ्रष्टचार मुद्धा दायर भएलगत्तै स्वतः निलम्वनमा परेका छन् । नेपालको निजामति ईतिहाँसमा बहालवाला मुख्यसचिवमाथि भ्रष्टचार मुद्धा लागेको सम्भवतः यो पहिलो घटना हो ।

अर्यालसँगै सुरक्षण मुद्रण केन्द्रबाट बर्खास्तमा परेका विकल पौडेलविरुद्ध पनि भ्रष्टचार मुद्धा दायर भएको छ । सो प्रकरणमा अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलाई पनि प्रतिवादी बनाईएको छ । शाक्य हाल मन्त्रालयको बजेट महाशाखा प्रमुख छन् । शाक्य आन्तरिक राजश्व विभागको महानिर्देशक हुँदा अन्तशुल्क स्टिकर छपाईमा भ्रष्टचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

यस्तै, भन्सार विभागका टेकप्रसाद पाण्डे, राजश्व विभागका गणेशविक्रम शाही, सूचना प्रविधि केन्द्रका सफल श्रेष्ठ, शाखा अधिकृत रविन्द्र प्रसाद पौडेल, लेखा अधिकृत विष्णु प्रसाद गौतम, कर्मचारीहरु हरीवल्लभ घिमिरे र शक्तिप्रसाद श्रेष्ठलाई पनि प्रतिवादी बनाएर मुद्धा दायर गरिएको छ । अख्तियारले अन्तःशुल्क स्टिकर छपाईको ठेक्का पाएको कम्पनी प्रिन्टसेल र त्यसका निर्देशक केशव शर्मालाई पनि प्रतिबादी बनाएको छ ।