नेपाली कांग्रेस र नेकपा एमाले वीच मन्त्रालय भागबण्डामा सहमती जुटेसँगै बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको छ ।
प्रदेश सरकारमा पहिलो पटक नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्री बन्दै छन् । एमालेको समर्थनमा लामाले प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गर्ने र आजै मुख्यमन्त्रीमा नियुक्त हुने पक्का भएको छ । मन्त्रालय भागबण्डामा सहमती जुटेको भए लामा हिजै मुख्यमन्त्री नियुक्त हुने थिए । आजसम्म सानो आकारको मन्त्रीमण्डल बिस्तार भइसक्ने थियो ।
दुई दल वीच भएको सहमती अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ६ मन्त्रालय लिनेछ भने एमालेले आर्थिक मामिला तथा योजना मन्त्रलायसहित ६ मन्त्रालय लिनेछ । प्रदेशमा सहमती जुट्न नसकेपछि पार्टी केन्द्रले नैं ६/६ मन्त्रालय लिने गरी भागबण्डा टुङग्याएको हो । सहमती अनुसार एमालेले यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा लिएका पुरानै ५ र थप १ गरी ६ वटा मन्त्रालय लिनेछ ।
कांग्रेसको भागमा परेका भौतिक पूर्वाधार विकास, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास एवँ संस्कृति, पर्यटन तथा सहकारी र श्रम, रोजगार तथा यातायात मन्त्रालय लिनेछ । थप एउटा मन्त्रालय टुँगिन बाँकी छ । बागमती प्रदेशको ठूलो दल कांग्रेसले मुख्यमन्त्रीसहित ६ मन्त्रालय पाउने भएपछि मन्त्रीका आकाँक्षिहरु धेरै देखिएका छन् । उनीहरु पार्टी केन्द्रका शक्ति केन्द्र र शक्तिसाली नेताहरुकोमा धाइरहेका छन् ।
विधार्थी राजनीतिवाट उदायका काफ्ले कांग्रेसभित्र नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । पार्टीको १४ औं महाधिवेशनमा खुल्लातर्फ केन्द्रीय सदस्यमा विजयी भएका काफ्लेलाई जुझारु युवा नेताकोरुपमा चिनिन्छ । लामालाई संसदीय दलको नेता बनाउन काफ्लेले भूमिका निर्वाह गरेका कारण पनि उनलाई आकर्षक मन्त्रालयको जिम्मेवारी दिइने अनुमान छ ।
यो पटक कांग्रेसले पनि नयाँ अनुहारलाई अवसर दिने सम्भावना प्रवल देखिएको छ । सोही कारण मन्त्रीको आकांक्षा राख्ने साँसदको संख्या दर्जन बढी पुगेको छ । कांग्रेसवाट कुन्दनराज काफ्ले र श्यामवहादुर खड्का सशक्त दावेदार हुन् । यसअघि मन्त्री भईसकेका संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, मसिना खड्का र तिर्थवहादुर लामा पनि मन्त्री बन्ने दौडमा छन् । सांसद विमल ठकुरी, मिनकृष्ण महर्जन पनि मन्त्रीका आकांक्षी हुन् । सांसदहरु सुरेश श्रेष्ठ र सुरजचन्द्र लामिछाने, समिता खड्की, हरिप्रभा खड्गी, सुना परियार, उर्मिला नेपाल र बिनु रायमाझि, प्रभात तामाङ, रामकुमार पहाडी र गोविन्द लम्साल पनि मन्त्रीकालागि चर्चा छ ।
प्रदेश सरकारको अव बन्ने मन्त्रीमण्डलमा दोलखावाट निर्वाचित सांसद कुन्दनराज काफ्ले कांग्रेसवाट मन्त्रीको शसक्त दावेदार हुन् । उनी प्रदेशसभामा रहेका कांग्रेस सांसद मध्ये लोकप्रिय र जुझारु युवा नेताकारुपमा चिनिन्छन् । पार्टी केन्द्रीय सदस्य समेत रहेका काफ्लेले आकर्षक मन्त्रालय पाउने चर्चा छ । उनले भौतिक पूर्वाधार मन्त्रालयमा दावी गरेको स्रोतको दावी छ । जम्कट्टेल नेतृत्वको सरकारको पछिल्लो पटक मन्त्रीमण्डल पुर्नगठनमा पनि काफ्लेको नाम मन्त्रीमा चर्चा थियो ।
सांसद काफ्ले यसअघि कांग्रेस संसदीय दलको प्रमुख सचेतक थिए । गत वर्षको असोज ८ गते उनले सो पदवाट राजिनामा दिएका थिए । पार्टी राजनीतिमा थप भूमिका निर्वाह गर्ने भन्दै सांसद काफ्लेले पदवाट राजिनामा दिएका थिए । तत्कालिन मन्त्रीमण्डल पुर्नगठन गर्दा मन्त्री बन्ने अवसर नदिएका कारण राजीनामा गरेको काफ्लेलाई आरोप लागेको थियो । त्यतिवेला उनले पार्टी केन्द्रीय सदस्यकोरुपमा पार्टीलाई नयाँ उर्जा भर्न र थप क्रियाशिल हुन प्रमुख सचेतकवाट राजीनामा गरेको बताएका थिए ।
विधार्थी राजनीतिवाट उदायका काफ्ले कांग्रेसभित्र नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । पार्टीको १४ औं महाधिवेशनमा खुल्लातर्फ केन्द्रीय सदस्यमा विजयी भएका काफ्लेलाई जुझारु युवा नेताकोरुपमा चिनिन्छ । राजतन्त्र बिरोधी आन्दोलनमा काठमाडौं उपत्यकामा भएको बिधार्थी आन्दोलनमा काफ्ले अग्र मोर्चामा खटिएर नेतृत्व गरेका थिए । उनी नेविसंघको महामन्त्री समेत भइसकेका छन् ।
संघीय सरकारमा नेबिसंघको नेतृत्वमा रहेका नेताहरु मन्त्री बनेका बेला प्रदेश सरकारमा काफ्लेले आकर्षक मन्त्रालय पाउने चर्चा छ । कम्युनिष्टको किल्ला मानिने दोलखामा एमाले र माओवादी केन्द्रले पालैपालो मन्त्री बनाएका कारण पनि कांग्रेसले काफ्लेलाई मन्त्री बनाउने सम्भावना बढी देखिएको छ । काफ्ले प्रदेश सरकारको मन्त्री बने दोलखा कांग्रेसको इतिहासमा भिमवहादुर तामाङ पछि मन्त्री बन्ने नेता हुने छन् ।
संघीय सरकारमा नेबिसंघको नेतृत्वमा रहेका नेताहरु मन्त्री बनेका बेला प्रदेश सरकारमा काफ्लेले आकर्षक मन्त्रालय पाउने चर्चा छ । मुख्यमन्त्री नियुक्त हुन लागेका लामालाई संसदीय दलको नेता बनाउन काफ्लेले भूमिका निर्वाह गरेका कारण पनि उनलाई आकर्षक मन्त्रालयको जिम्मेवारी दिइने अनुमान छ ।
०७९ को निर्वाचनमा प्रदेशसभाका लागि दोलखा क्षेत्र नम्बर १ वाट विजयी भएका काफ्लेले २२ हजार ७९७ मत ल्याएका थिए । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनवाट उम्मेदवार बनेका काफ्लेले एमालेका उम्मेदवारलाई ८ हजार ४२ मतले पराजित गरेका थिए । स्वर्गीय भिमवहादुर तामाङ पछि कांग्रेसका अरु कुनै उम्मेदवार प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुन नसकेको दोलखाको इतिहासमा बामपन्थीको ‘लाल किल्ला’ तोड्दै काफ्ले विजयी भएका थिए ।
बागमती प्रदेश सरकारमा दोलखावाट एमालेका २ र माओवादी केन्द्रवाट १ गरी ३ जना मन्त्री बनिसकेका छन् । एमालेवाट रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्री तथा सरस्वती बस्नेत सामाजिक विकास मन्त्री भएकी थिईन् । यस्तै, नेकपा माओवादी केन्द्रले विशाल खड्कालाई वन तथा वातावरण मन्त्री बनाएको थियो । कम्युनिष्टको किल्ला मानिने दोलखामा एमाले र माओवादी केन्द्रले पालैपालो मन्त्री बनाएका कारण पनि कांग्रेसले काफ्लेलाई मन्त्री बनाउने सम्भावना बढी देखिएको छ ।
काफ्ले प्रदेश सरकारको मन्त्री बने दोलखा कांग्रेसको इतिहासमा भिमवहादुर तामाङ पछि मन्त्री बन्ने नेता हुने छन् । हामीसँगको कुराकानीमा काफ्लेले भनेका छन्–‘सांसद भएपछि मन्त्रीको चाहना स्वभाविक हो । तर, भनेजस्तो मन्त्रालय दिइएन भने नजान पनि सक्छु ।’