images
images

बागमतीमा आलोपालो नेतृत्व गर्ने सहमति, २० महिनापछि पालो एमालेको

  • ८ श्रावण २०८१, मंगलवार १२:४८

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

आज कांग्रेस र एमाले नेताहरुबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा–आधा अर्थात २०–२० महिना कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो । कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालका अनुसार प्रदेशसभाको अवधि अब ४१ महिना रहेकोले दुई दलबीच २०÷२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

बागमतीमा पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्दैछन् । कांग्रेस नेता लामा र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाबीच भएको नयाँ सहमति अनुसार आर्थिक मामिला मन्त्रालय कांग्रेसले लिनेछ भने एमालेले भौतिक पूर्वाधार मन्त्रालय लिनेछ ।