काठमाडौं । बालिकालाई बेचबिखन गरेको आरोपमा काभ्रेपलाञ्चोकका एक युवक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेको चौरीदेउराली गाउँपालिका–१ का २० वर्षीय कुशल खरेललाई पक्राउ गरेको हो । उनले नाबालिकालाई होटलमा वेटरको काम भनेर जबर्जस्ती यौनकार्यमा लगाउने गरेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । खरेल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेस्टहाउसका सञ्चालकमध्ये एक हुन् । यसअघि सो होटलबाटै असार २४ मा ब्यूरोको टोलीले बीरबहादुर सिन्तान र सुबिलाल सिन्तानलाई पक्राउ गरेको थियो । तर, खरेल भने फरार हुँदै आएका थिए ।
खरेललाई आज बत्तिसपुतलीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।