images
images

यी हुन् कांग्रेसले चुनावी अभियानका लागि बागमती प्रदेशमा खटाएका प्रतिनिधि (सूचीसहितं)

  • ७ भाद्र २०७९, मंगलवार १८:१९

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले जनताको साथमा कांग्रेस अभियान सुरु गर्ने भएको छ ।

कांग्रेसले भदौ १० गतेबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि ७७ जिल्लामा केन्द्रिय प्रतिनिनिधि तोकिएको छ । तर कांग्रेसले हालसम्म सुर्कुलर जारी गरेको छैन । पार्टी नेता एवम् सांसद प्रदिप गिरीको निधनका कारण शोकमा रहेकाले कांग्रसेले अभियान केहीदिन पछि सारेको हो । केन्द्रिय प्रतिनिधिका रुपमा खटाइएका केन्द्रिय सदस्यहरुले जिल्लाका बस्तुगत स्थिति र निर्वाचनमा पार्टीको पोजिसनबारे पार्टीलाई रिर्पोटिङ गर्नुपर्नेछ ।

बागमती प्रदेशमा खटिएका प्रतिनिधि

दोलखा – शान्ति परियार
रामेछाप – हरिशरण नेपाली
सिन्धुली – दिलमान पाख्रिन
रसुवा – राजेन्द्रकुमार केसी
धादिङ – मदनकुमार श्रेष्ठ
नुवाकोट – मदनबहादुर अमात्य
सिन्धुपाल्चोक – बहादुरसिंह लामा
काभ्रे – रमा कोइराला
चितवन – श्यामकुमार घिमिरे
मकवानपुर – उमेश श्रेष्ठ
भक्तपुर – अम्बिका बस्नेत
ललितपुर – नानु बाँस्तोला
काठमाडौं –जीतजंग बस्नेत