images
images

नेकपा माओवादी केन्द्र जिरी नगर कमिटीको पुर्नगठन, अध्यक्षमा शेर्पा

  • ७ भाद्र २०७९, मंगलवार १८:५२

जिरी (दोलखा) । नेकपा माओवादी केन्द्र जिरी नगरकमिटीको अध्यक्षमा कर्मा शेर्पा चयन भएका छन् ।

जिरी नगरकमिटीको पूर्ण बैठकबाट शेर्पालाई अध्यक्षमा चयन गरिएको हो । यसअघि गेल्बु शेर्पा नगरकमिटी अध्यक्षको जिम्मेवारीमा रहेकोमा उनले स्थानीय तहमा निर्वाचन लड्दा पदमा नरहने घोषणा गरेका थिए । सो सँगै शेर्पाले जिरी नगरको पार्टी नेतृत्व नगर्ने बताएपछि कमिटी पुर्नगठन गरिएको हो । सचिव पदको जिम्मेवारीमा रहेका केन्द्रज्योति खड्काले पनि आजबाट आफु नगरकमिटी सचिवको जिम्मेवारीबाट अलग भएको बताएका छन् । आजको बैठकले सचिवमा हस्त जिरेल र कोषाध्यक्षमा मिङु शेर्पालाई चयन गरेको छ ।

नगरकमिटीका उपाध्यक्ष ङिमपल्दे शेर्पाको अध्यक्षता तथा पार्टी पोलिटव्युरो सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज देवी खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा केन्द्रिय सदस्य नविन जिरेल, सांसद आङदेण्डी लामा, जिल्ला संयोजक कुल बहादुर बुढाथोकी, जिल्ला सचिव कमल श्रेष्ठ, प्रदेश ‘क’ का संयोजक पुष्कर अधिकारी र जिरी नगरभित्रका पार्टीका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।