मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु रहेको खुलेको छ।
पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बसमा ४१ जना सवार रहेको खुलेको हो । बसका यात्रुहरू भारतको गोरखपुरबाट आएको र पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरू भदौ ५ गते (बुधबार) पोखरा आएका थिए।