images
images

हिमपहिरोसहित ठुलो ढुंगाहरु झरेर खोला थुनियो, सर्तकता अपनाउन आग्रह

  • ७ भाद्र २०८१, शुक्रबार १५:५१

काठमाडौँ । मुस्ताङमा हिमपहिरो गएपछि छिप्लुङ खोला थुनिएको छ ।

थासाङ गाउँपालिका–२ स्थित कोबाङको बोक्सि खोलामाथि हिमपहिरो आएपछि खोला थुनिएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो बस्तीमाथि खोँचमा अड्किएको बताउनुभयो । उहाँका अनुसार हिमपहिरो जोखिमपछि स्थानीयबासीलाई अन्यन्त्र सारिएको छ । करिब दुई घण्टादेखि सो खोला थुनिएपछि निरीक्षणका लागि हाल जिल्ला प्रहरी कार्यालयको टोली पुगेको छ ।

हिमपहिरोले खोला थुनिएकाले तटीय क्षेत्रका स्थानीयबासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।