images
images

तनहुँ बस दुर्घटना अपडेटः मृतकको संख्या २७ पुग्यो, १६ घाईतेको काठमाडौँमा उपचार हुँदै

  • ७ भाद्र २०८१, शुक्रबार १८:२८

पोखरा । तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

पोखराबाट काठमाडौँ जाँदै गरेको बस मस्र्याङदी नदीमा खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको हो । बसमा सवार ४३ जना यात्रु मध्य २७ जनाको मृत्यु भएको र १६ जना घाईते भएको तनहुँका प्रहरी प्रमुख, एसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सुरुमा १४ जनाको र पछि थप १३ जनाको मृत्यु भएको होे । दुर्घट्नामा गम्भिर घाईते भएका १६ जनालाई उपचारका लागि काठ्माडौँ लगिएको छ । घाईतेहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाईएको हो । मृतकको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ । दुर्घटनाग्रस्त बसमा सवार सबै भारतीय नागरिक हुन् । दुर्घटनाको विषयमा भारतीय दुतावासमार्फत जानकारी गराईएको र दुताबासका प्रतिनिधि समेत आईसकेको प्रजिअ गौतमले जानकारी दिनुभयो ।

आज बिहान पोखराबाट काठमाडौँका लागि छुटेको भारतीय पर्यटक सवार यूपी एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहराबाट मस्र्याङदी नदीमा खस्दा दुर्घटना भएको हो । बस नदी किनारमा अड्कीएको थियो । भारतको गोरखपुरबाट दुई दिन अघि पोखरा आएका उनीहरु दुई दिन पोखर बसेर आज बिहान काठमाडौँका लागि हिँडेका थिए ।

८ दिनको पास लिएर दुई वटा बसमा ९० जनाभन्दा बढि भारतीय पर्यटक आएकोमा एउटा बस दुर्घटनामा परेको हो । अर्काे बसमा सवार आफन्तको सहयोगमा शव पहिचान गर्ने काम भईरहेको प्रजिअ गौतमले बताउनुभयो ।