images
images

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

  • ७ आश्विन २०८१, सोमबार ०६:१९

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच स्थानीय समयअनुसार आज बिहान साढे ५ बजे भेटवार्ता भएको हो । ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि दुई देशका प्रधानमन्त्रीबीच भएको यो पहिलो भेटवार्ता हो । ओली र मोदीबीच दुई मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको छ । भेटमा दुई देशका बीचमा देखिएका कतिपय अष्पष्टताहरुलाई कुटनीतिक संयन्त्र बनाएर समाधान गर्ने सहमति भएको छ ।

भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र दुवै देशका परराष्ट्र सचिवहरु सेवा लम्साल र विक्रम मिश्री पनि सहभागी भएका थिए ।

यसअघि शनिबार प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसबीच भेटवार्ता भएको थियो । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका ओली असोज १४ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।