images
images

किन भयो अमेरिकामा प्रधानमन्त्री ओलीको वृहत कार्यक्रम स्थगित ?

  • ७ आश्विन २०८१, सोमबार ०८:१३

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ ।

नेपाली समुदायबाटै विरोधको तयारी भएपछि प्रधानमन्त्री ओलीको कार्यक्रम स्थगित गरिएको हो । प्रधानमन्त्री ओलीले आज न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

तर, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई मध्यनजर गरी कार्यक्रम स्थगन गरिएको जनाएकोे छ ।

जारी सुचनामा प्रधानमन्त्री केपी ओली तथा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा जानुभएको छ ।