images
images

काठमाडौंको बौद्धमा चीनीयाँको ‘जुवा अखडा’, नेपालीसहित ७ जना पक्राउ

  • ७ आश्विन २०८१, सोमबार १३:२२

काठमाडौँ । सिन्धुपाल्चोकका एक सहित ७ जना अवैध जुवा खेलाएको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौँस्थित चिनिया नागरिकले सञ्चालन गरेको अवैध जुवाघरमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका –४ का ३५ वर्षीय लोप्साङ लामा र काठमाडौँको सिमलटार बस्ने २८ वर्षीय नुर्बु शेर्पा तथा चार जना चीनिया र एक भारतीय नागरिक रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले जुवा खेल्दै गरेको अवस्थामा बौद्धबाट पक्राउ गरेको एसपी काजिकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो समुहले बौद्ध तीनचुलीस्थित एक घर भाडामा लिएर ‘गेम जोन’ भन्दै ‘फिस सुट गेम’ को नाममा हारजित हुने गरि जुवा खेलाएको पाईएपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको साथबाट जुवा खेलाउन प्रयोग गरिएको उपकरण १ थान, १२ लाख १ हजार नगद, ३ हजार १ सय चाईनिज युयान, २ हजार अमेरिकन डलर र ७ थान मोबाईल बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाईएको छ ।