images
images

अमेरिकन डलर देखाएर लाखौं ठगी गर्ने सिन्धुपाल्चोकका दुईसहित तीन युवक पक्राउ

  • ७ आश्विन २०८१, सोमबार १३:३६

काठमाडौँ । अमेरिकन डलर देखाएर लाखौँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका दुई सहित तीन युवक पक्राउ परेका छन् ।

अमेरिकी डलर देखाएर ठगी गर्ने सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ घर भई भक्तपुर ठिमी बस्ने २० वर्षीय सुनबहादुर तामाङ र बाह्रबिसे नगरपालिका २ कर्थली घर भई भक्तपुर सुर्यविनायक बस्ने २० वर्षकै भीमबहादुर तामाङ पक्राउ परेका हुन् । प्रहरीले उनीहरुसँगै सर्लाही घर भएका ३० वर्षीय साजन भनिने लालबहादुर घिसिङलाई पनि पक्राउ गरेको छ । उनीहरुलाई अमेरिकी डलर देखाई ६४ लाख ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जडिबुटीबाट पक्राउ गरेको हो ।

उनीहरुले यही भदौ २८ गते भक्तपुरको चाँगुनारायणबाट एक व्यक्तिलाई नेपाली नगद साट्दा फाईदा हुने भन्दै अमेरिकन डलर देखाई प्रलोभनमा पारेर ४० लाख रुपैयाँ ठगी गरेको र अन्य स्थानमा पनि त्यसैगरी ठगी गरेको पाईएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठार्ईएको छ ।