images
images

३ सय बढी उम्मेदवारको समानुपातिक बन्दसूचीबाट नाम हटाइने

  • ६ कार्तिक २०७९, आईतवार ०६:३२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण शनिबारसम्म नबुझाएका उम्मेदवारको नाम आयोगले हटाउन लागेको हो ।दुवै सभाको बन्दसूचीमा नाम भएकामध्ये ४ सय ३९ जनाले समयमै निर्वाचन खर्च विवरण नबुझाएको पाइएको थियो । आयोगले उनीहरूलाई शनिबारसम्म जरिवाना बुझाउने मौका दिएको थियो । समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले
समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसुचीमा परेका ५४ उम्मेदवारले जरिवाना बुझाएका छन् । स्थानिय तह निर्वाचन खर्च विवरण नबुझाएर जरिवानामा परेकै बेला विभिन्न दलबाट समानुपातिक बन्दसुचीमा परेका उनीहरुले निर्वाचन आयोगमा जरिवाना बुझाएका हुन् । स्थानिय निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिले तोकिएको अवधिभित्र निर्वाचन खर्च नबुझाएका कारण भदौं ३१ मा आयोगले १ लाख २३ हजार ६ सय २४ जनालाई जरिवाना गरेको थियो । त्यसमध्ये मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ७१ र समानुपातिकतर्फ ४ सय ३९ जना उम्मेदवार बनेका थिए । प्रत्यक्षतर्फको यसअघि नै बुझाइसकेको भए पनि समानुपातिकको जरिवाना तिर्ने समय हिजोसम्म थियो । सो अवधिमा ५४ जनाले जरिवाना बुझाएको विवरण आएको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरु वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिक तर्फ कात्र्तिक १ सम्म ३२ जना र हिजोसम्म २२ जना गरी ५४ जनादे जरिवाना बुझाएका हुन् । प्रत्यक्ष र समानुपातिक गरेर कुल १ सय २५ जनाले बुझाएको जरिवानाबाट ४ करोड ३४ लाख २५ हजार राजस्व संकलन गरेको वाग्लेले बताउनुभयो ।

जरिवानासँगै आयोगले समानुपातिकतर्फ उम्मेदवारमाथिको उजुरी जाँचबुझ पनि सम्पन्न गरेको छ । उम्मेदवारविरुद्ध २७ उजुरी आएको छ । असोज ३० गतेदेखि हिजोसम्म उजुरीमाथि जाँच गरिएको हो ।