images
images

यमपञ्चकको दोस्रो दिन, आज काग पुजा गरी मनाइँदै

  • ६ कार्तिक २०७९, आईतवार ०७:४६

काठमाडौं । आज यमपञ्चकको दोस्रो दिन काग पुजा गरी मनाइँदैछ ।

आज कागको पुजा गरी मीठा, मिठा कुरा खाना खान दिइन्छ । आफ्नो परिवार कसैको मृत्यु भएको छ भने उनीहरुको सम्झना गर्दै कागलाई सन्देशवाह पन्छीका रुपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । सनातन हिन्दु समाजमा यमराजको दूत तथा सन्देशबाहक पन्छीको रुपमा कागको पूजा गरि मनाउने गरिएको छ । कागलाई यमराजको सन्देश सुनाउने दुतको रुपमा लिइन्छ । हिजो नै कात्र्तिक त्रयोदशी तिथी परेकाले बेलुकी यमदीपदान सुरु गरिएको थियो । त्रयोदशी तिथी आज साँझा ५ बजेर ४ मिनेटसम्म रहेको छ । त्रयोदशी सुर्योदय भएका दिन काग तिहार मनाइन्छ आज बेलुकी ५ बजेर ४ मिनेटपछि भने चर्तुदर्शी तिथी लाग्ने नेपाल पचांग निर्णायक समितीले जनाएको छ । यस्तै भोली बिहान जलाशय, नदी कुवामा गएर स्नान सहित बत्ती बालेर बगाइन्छ ।