images
images

बागमती प्रदेशबाट चुनाव केन्द्रित प्रदेशस्तरीय सुरक्षा बैठकको सुरुवात

  • ६ कार्तिक २०७९, आईतवार १०:५६

काठमाडौं । गृह मन्त्रालयले सातै प्रदेशमा चुनावकेन्द्रित प्रदेशस्तरीय सुरक्षा बैठक सुरु गर्न लागेको छ ।

मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुुव्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्न लागेको हो । बाग्मती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठकको सुरुवात गरिने गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । सोहीअनुसार आज बागमती प्रदेशस्तरीय सुरक्षा बैठक बस्दैछ । बाँकी ६ वटा प्रदेशमा भने तिहारलगत्तै बैठक आयोजना हुने गृहले जनाएको छ ।

गृहमन्त्रीको प्रमुख आतिथ्यतामा तथा गृहसचिवको अध्यक्षता रहने प्रदेशस्तरीय सुरक्षा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, केन्द्रीय सुरक्षा निकायका प्रमुख, प्रदेशस्तरीय सुरक्षा निकाय प्रमुख, प्रदेशअन्तर्गतका सबै जिल्लाका तीनवटै निकायका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी र प्रदेश सचिवको उपस्थिति रहनेछ ।