images
images

दोलखामा निर्वाचनमा एक हजार बढी सुरक्षाकर्मी खटिने, ४१ मतदानस्थलमा विशेष सुरक्षा योजना

दोलखा । दोलखामा आसन्न आम निर्वाचनलाई धाँधली र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि विशेष रणनितिक सुरक्षा योजना तयार पारिएको छ ।

जिल्ला सुरक्षा समितिले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गराउन सुरक्षा योजना तयार पारिएको जनाएको छ । विगतको निर्वाचनलाई विश्लेषण गरी यो पटकको निर्वाचनका लागि विशेष सुरक्षा रणनिति तय गरिएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले आगामी निर्वाचनका लागि प्रयाप्त सुरक्षा व्यवस्था गरिएको बताउनुभयो । निर्वाचनमा बुथ कब्जा गर्ने घटना दोहोरिन नदिनेगरी यो पटक कडा सुरक्षा व्यवस्था मिलाउने उहाँको भनाई छ । विशेषगरी बुथ कब्जा गर्ने कुरामा राजनीतिक दलको मुख्य भूमिका हुने भएकाले दलहरुसँग सोही विषयमा निरन्तर छलफल गरिरहेको प्रजिअ खतिवडाले बताउनुभयो ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना संकलन तथा निरिक्षणको काम गरिरहेको छ । निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चार वटै सुरक्षा निकायले आ–आफ्नो तयारी तिव्र पारेको जनाएका छन् । यो पटकको निर्वाचनमा दोलखामा ८ सय ८२ जना प्रहरी खटिने छन् । यसका अलावा १ हजार ८२ जना म्यादी प्रहरी पनि निर्वाचनमा परिचालन हुने छन् ।

निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चार वटै सुरक्षा निकायले आ–आफ्नो तयारी तिव्र पारेको जनाएका छन् । यो पटकको निर्वाचनमा दोलखामा ८ सय ८२ जना प्रहरी खटिने छन् । यसका अलावा १ हजार ८२ जना म्यादी प्रहरी पनि निर्वाचनमा परिचालन हुने छन् । अति संवेदनशिल मानिएका क्षेत्रमा १० जना नेपाल प्रहरी र सोही हाराहारीमा म्यादी प्रहरी खटिने छन् भने संवेदनशिल र सामान्य क्षेत्रमा अवस्था हेरेर प्रहरी परिचालन हुनेछन् ।सशस्त्र प्रहरीले यो पटकको निर्वाचनलाई लक्षित गरी वैतेश्वर गाउँपालिकामा ३० जनाको स्ट्राईकिङ फोर्स खटाउने भएको छ । 

जिल्लाका अति संवदेनशिल, संवेदनशिल र सामान्य मतदानस्थलमा छुट्टाछुट्टै तरिकाले सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । अति संवेदनशिल मानिएका क्षेत्रमा १० जना नेपाल प्रहरी र सोही हाराहारीमा म्यादी प्रहरी खटिने छन् भने संवेदनशिल र सामान्य क्षेत्रमा अवस्था हेरेर प्रहरी परिचालन हुनेछन् । निर्वाचन केन्द्रित सुरक्षामा आवश्यकताका आधारमा जनशक्ति परिचालन गरिने दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै आवश्यक प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।

निर्वाचनका लागि दोलखामा सशस्त्र प्रहरीले पनि तयारी अवस्थामा रहेको बताएको छ । सशस्त्र प्रहरीले यो पटकको निर्वाचनलाई लक्षित गरी वैतेश्वर गाउँपालिकामा ३० जनाको स्ट्राईकिङ फोर्स खटाउने भएको छ । निर्वाचनमा सशस्त्रको चार वटा मोवाइल गस्ती हुने छन् । कालिञ्चोक गाउँपालिका, गौरीशंकरको जुँगु, सिंगटी र सदरमुकामस्गित गुल्ममा गरी चार वटा मोवाइल गस्ती खटाउने तयारी भएको हो । मोवाइल गस्तीमा प्रति गस्ती १० जनाका दरले सशस्त्र प्रहरी परिचालित हुनेछन् । यस्तै विगु गाउँपालिकाको विकट क्षेत्र मानिएका स्थानमा १५ जना सशस्त्र प्रहरीको पैदल गस्ती खटिने छ भने कार्यालयमा ३० जनाको टोली तयारी अवस्थामा राखिने भएको छ । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७ जना र जिल्ला निर्वाचन कार्यालयमा ७ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बल १८ नम्बर गुल्मले जनाएको छ । निर्वाचनका लागि जनशक्ति अपुग हुने भएपछि थप २ सय जना माग गरिएको छ । यस्तै नेपाली सेनाले पनि आसन्न निर्वाचनको सुरक्षा लागि छुट्टै तयारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा केन्द्रिय सुरक्षा समितिले दोलखाका ४१ वटा मतदानस्थल अति संवेदनशिल सुचीमा राखेको छ । जिल्लाका ९४ वटा मतदान स्थलमध्ये ४१ वटा मतदानस्थल अति संवेदनशिल, ३७ वटा संवेदनशिल र १६ वटा मतदानस्थललाई सामान्य भनिएको छ । सोही अनुसार निर्वाचनको सुरक्षा योजना तयार पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पनि दोलखामा भयरहित वातावरणमा निर्वाचन भएको थिएन । बैतेश्वर गाउँपालिका लगायत विभिन्न स्थानमा बुथ कव्जा हुनुको साथै झडप समेत भएको थियो ।