images
images

निर्वाचन आयोगले दुई लाख मतदाताको नाम नामावलीबाट हटायो

  • ६ कार्तिक २०७९, आईतवार १८:५८

काठमाडौं । निर्वाचन आयोगले दुई लाख ३० हजार मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ ।

स्थानीय तहको निर्वाचन सकिएको करिव ७ महिनापति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन लागेको आयोगले अघिल्लो पटक मतदाता नामावलीमा नाम निस्किएका २ लाख ३० हजारको नाम यो पटक नदोहोरिने गरी हटाएको हो । प्राविधिक गढबढीका कारण मृत्यु भइसकेका व्यक्तिको नाम पनि मतदाता नामावलीमा रहने गरेकोमा यो पटक त्यसो हुन नदिन नामावलीबाट नाम हटाइएको आयोगले जनाएको छ ।

यसैबीच निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न बाधक बन्दै आएको सामाजिक सञ्जालमा पनि यो पटक कडाई गर्ने भएको छ । चुनावी प्रचारप्रसार तथा गलत सुचना, अभिव्यक्तिलाई नियमन गर्न आयोगले फेसबुकको माउ कम्पनी मेटासँग सम्झौता गरेको हो । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सामाजिक सञ्जाल नियमन गर्न आयोगको यो पहिलो अभ्यास हो । आयोगले मंसिर २ गतेदेखि ४ गतेसम्म कुनै प्रचारप्रसार गर्न नपाईने बताएको छ । अघिल्ला निर्वाचनहरुमा मौन अवधि उल्लेख गरेपनि यो पटकदेखि सो शब्द हटाइएको निर्वाचन आयोगले जनाएको छ ।