दोलखा । बाढी पहिरोबाट क्षतिग्रस्त दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको संरचना पुननिर्माणका लागि दुई अर्ब भन्दा बढि लाग्ने भएको छ ।
केन्द्रको क्षतिग्रस्त संरचनाको पुननिर्माण गरि विद्युत उत्पादनलाई पुर्ण रुपमा सञ्चालनमा ल्याउन २ अर्ब ५० करोड खर्च लाग्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । बाढीले दुई अर्ब बढिको क्षति भएको प्राधिकरणको अनुमान छ ।
बाढी पहिरोले माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँधतर्फको अधिकांश संचरनामा क्षति पुुगेको छ भने सिभिल तथा हाईड्रोईलेक्ट्रिक मेसिनरी तथा उपकरणमा क्षति हुँदा करोडौँको घाटा भएको छ ।
बाढीका कारण ६ वाट युनिटको विद्युत उत्पादन बन्द हुँदा गत महिना मात्रै ८५ करोड बराबरको घाटा भएको अनुमान छ । योजनावद्ध २१ करोड ४३ लाख युनिट विद्युत उत्पादन हुन नसक्दा गत महिना मात्रै ८५ करोड घाटा भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोसाले जानकारी दिनुभयो । आगामी मंसिरदेखि प्लानिङ साईटबाट केही विद्युत उत्पादन गर्ने गरि काम भईरहेको उहाँको भनाई छ ।
प्राधिकरणका अनुसार क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पुननिर्माणको विस्तृत डिजाईनको काम एनईए ईन्जिनियरिङ कम्पनीले गरिरहेको छ । पुननिर्माणमका लागि मात्रै ९ महिना लाग्ने अनुमान गरिरएको छ ।
हाल बाढी पहिरोले थुपारेको गिट्टी र गेगरान हटाउने काम अघि बढेको र आंशिक विद्युत उत्पादन गर्न पहल गरिरहेको केन्द्रका प्रवन्धक पूर्णगोपाल रञ्जितले जानकारी दिनुभयो । प्लानिङ साईटमा रहेको ढुंगा र थुपारेको स्प्रे हटाउने काम हाई हिमालयन ईन्जिनियरिङ कम्पनीले गरिरहेको छ ।