
काठमाडौं । काठमाडौंमा एक जना महिलालाई अपहरण गरेर बन्धक बनाइएको छ ।
लेनदेनमा विवाद भएपछि काठमाडौंको चाल्नाखेलमा एक जना महिलालाई बन्धक बनाएको खबर प्रहरीलाई प्राप्त भएको हो । पिडित महिलाका आफन्तले आफ्नो मान्छेलाई अपहरण गरेर एउटा समूहले ललितपुरतिर लगेर बन्धक बनाएको प्रहरीलाई जानकारी गराएका छन् ।
अहिले प्रहरी घटनास्थलमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिनुभयो । प्रहरीले ती महिला र बन्धक बनाउनेहरुको खोजीकार्य जारी राखेको छ । प्रारम्भिक जाँचमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरेको विषय यो घटनासँग जोडिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
महिलाका आफन्तहरुले अपहरणकारीले फिरौती माग गरिरहेको बताएका छन् । प्रहरीले अपहरणमा परेकी भनिएकी महिलाको परिचय भने खुलाएको छैन ।