images
images

बिपी लोकमार्गमा आजबाट राति पनि सवारी सञ्चालन गर्न पाईने

  • ७ कार्तिक २०८१, बुधबार १८:११

काठमाडौँ । बिपी लोकमार्गमा आजबाट रातिको समयमा पनि सवारी चलाउन पाईने भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै आजदेखि २४ सै घण्टा सवारी सञ्चालन गर्न पाउने जनाएको हो । कार्यालयले यसअघि बिपी लोकमार्ग अन्र्तगत धुलिखेल–भकुण्डेबेँसी सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको थियो । सडक ट्रयाक निर्माण भईरहेको र सुख्खा पहिरोको जोखिम रहेको भन्दै कार्यालयले असोज ३० गतेदेखि बेलुकी ६ बजेबाट बिहान ४ बजेसम्म राति १० घण्टा सवारी सञ्चालनमा रोक लगाएको थियो ।

ट्रयाक निर्माण गरि दुुईतर्फी साना सवारी साधन सञ्चालनमा आएपछि २४ सै घण्टा सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको सडक डिभिजन कार्यालय भक्तपुरद्धारा जारी सूचनामा उल्लेख छ ।

असोज दोस्रो साता आएको बाढी पहिरोले काभ्रेपलाञ्चोकस्थित बिपी लोकमार्गको भकुण्डेबँसी–वर्षेखोला सडक खण्डमा करिव ८ किलोमिटर सडक पुर्ण रुपमा बगाएको थियो ।