images
images

प्रधानमन्त्री देउवा भारी मतान्तरले विजयी

  • ७ मंसिर २०७९, बुधबार ०६:२८

डडेलधुरा क्षेत्र नम्बर १ बाट प्रधानमन्त्री शेरबहादुर देउवा भारी मतान्तरले विजयी भएका छन् ।

उनले २५ हजार ५ सय ३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएर पराजित भएका छन् । यसैगरी नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण बहादुर मल्लले ७ हजार ५ सय ३५ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले ७८४ मत प्राप्त गरेका छन् ।