images
images

बागमती प्रदेशमा प्रतिनिधिसभातर्फ १२ र प्रदेशसभामा १८ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक

  • ७ मंसिर २०७९, बुधबार १०:५२

जिरी (दोलखा ) । प्रतिनिधिसभा अन्र्तगत बागमती प्रदेशका १२ स्थानको मत परिणाम सार्वजनिक भएको छ ।

मतगणना सुरुदेखि हालसम्म प्रतिनिधिसभा अन्र्तगत प्रदेशको विभिन्न १२ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक गरेको हो । हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा अन्र्तगत बागमती प्रदेशमा सबै भन्दा बढी कांग्रेसले ७ स्थानमा जित हात पारेको छ भने ८ वटा निर्वाचन क्षेत्रमा अगाडि देखिएको छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो स्थानमा देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा अन्र्तगत बागमती प्रदेशमा हालसम्म तीन निर्वाचन क्षेत्रमा जित निकालेको छ भने चार क्षेत्रमा अग्र स्थानमा छ । त्यसपछि नेपाल कम्युनिष्ट पार्टी एमाले दुई स्थानमा जित हात पार्दै र तीन निर्वाचन क्षेत्रमा अग्र स्थानमा रही तेस्रो स्थान कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवाली केन्द्रले प्रतिनिधिसभा अन्र्तगत बागमती प्रदेशको कुनै पनि क्षेत्रमा जित निकालेको छैन। यद्यपी, दुई निर्वाचन क्षेत्रमा भने माओवादी अग्र स्थानमा छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी एक/एक स्थानमा अगाडि छन् ।

यसैबीच, बागमती प्रदेशमा प्रदेशसभा अन्र्तगत पनि कांग्रेस नै अगाडि छ । बागमती प्रदेशमा कांग्रेसले हालसम्म आठ निर्वाचन क्षेत्रबाट विजयी हासिल गरेको छ भने १३ स्थानमा अग्रता कायम गरेको छ । यसैगरी, प्रदेशमा पनि दोस्रो स्थानमा एमाले नै रहेको छ । एमालेले ४ स्थानमा विजयी प्राप्त गर्दा १३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशसभातर्फ भने २ निर्वाचन क्षेत्रमा जित र ११ स्थानमा अग्रता कायम गरेको छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले दुई स्थानमा जित र पाँच स्थानमा अग्रता कायम गर्दै तेस्रो स्थानमा रहेको छ । यसैगरी, एकीकृत समाजवादीले एक स्थानमा जित निकालेको छ भने चार स्थानमा अग्रता कायम गरेको छ । बागमती प्रदेशको प्रदेशभसा अन्र्तगत नागरिक उन्मुक्ती पार्टी पनि एक स्थानमा विजयी भएको छ ।

बागमती  प्रदेशको बाँकी निर्वाचन क्षेत्रको मतपरिणाम आउने क्रम जारी छ । दोलखामा भने मतगणना सुरु नै नभइ स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सुचना जारी गर्दै निर्वाचन आयोगबाट निर्णय नआएसम्मका लागि मतगणना प्रक्रिया अगाडि नबढ्ने जानकारी दिएको छ । दोलखामा बुथ कब्जा भएको विषयलाई लिएर एमालेले पुनः मतदान हुन पर्ने भन्दै उजुरी गरेपनि निर्वाचन आयोगबाट कुनै निर्णय आइसकेको छैन ।