images
images

सिन्धुलीमा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका दहाल निर्वाचित

  • ७ मंसिर २०७९, बुधबार १२:३६

सिन्धुली । सिन्धुलीमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दहाल (राजन) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

माओवादीका उम्मेदवार दहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाँचित भएका हुन् । दहाल एमालेका उम्मेदवार मनोजसँग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका हुन् । थापाले २१ हजार ३ सय ५५ मत पाएका छन् । सिन्धुलीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दहालले १ हजार ५ सय ५३ मत पाएका छन् । नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट प्रतिनिधिसभामा सदस्यमा जितको सुरुवात गरेको हो ।