images
images

गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित

  • ७ मंसिर २०७९, बुधबार १३:२८

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।

विष्टले नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेकी हुन् । निर्वाचन आयोगका अनुसार एमालेका उम्मेदवार विष्टले २८ हजार ४ सय ७६ मत पाएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी एकीकृत समाजवादीकी उम्मेदवार झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी छन् । ।