images
images

दोलखामा गठबन्धनका उम्मेदवारहरु धर्नामा

  • ७ मंसिर २०७९, बुधबार १५:०४

जिरी (दोलखा) । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको तीन दिन बितिसक्दा समेत मतगणना नभएपछि गठबन्धनका उम्मेदवारहरु धर्नामा बसेका छन् ।

गठबन्धनका उम्मेदवारहरुले आज जिल्ला सदरमुकाम चरिकोटस्थित मतपेटिका राखिएको भवन गौरीशंकर क्यापस अगाडि धर्ना दिएका हुन् । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पोलिटब्यरो सदस्य गंगा कार्की, प्रदेश १ का उम्मेदवार कुन्दनराज काफ्ले र प्रदेश २ का उम्मेदवार बर्मा लामा लगायतका उम्मेदवारहरु मतपेटिका भएको भवन गौरीशंकर बहुमुखी क्यापस अगाडि धर्नामा बसेका छन् । उनीहरुले तत्काल मतगणना सुरु गर्न माग गर्दै आज आधा घण्टा धर्ना दिएका हुन् ।

यसअघि दिउँसो आईतवार सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना तत्काल सुरु गर्न माग गर्दै वाम लोकतान्त्रिक गठबन्धनका युवाहरुले चरिकोटमा सिठी जुलुस प्रर्दशन गरेका थिए । मतदान सम्पन्न भएको तीन दिनसम्म पनि मतगणना सुरु नभएपछि नेपाली कांग्रेश, नेकपा माओवादी केन्द्र लगायत बाम गठबन्धन दलका युवा बिद्यार्थी तथा भातृ संस्थाहरुले सदरमुकाम चरिकोटमा सिठी जुलुस सहित बिरोध प्रदर्शन गरेका हुन् । युवा र बिद्यार्थीले सिठी बजाउँदै मोटरसाईकल ¥याली गर्नुका साथै मतगणना स्थल गौरीशंकर बहुमुखी क्याम्पस परिसरमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले मुख्य निर्वाचन अधिकृत बिरुद्ध नाराबाजी समेत गरेका छन् । निर्वाचन सम्पन्न भएको तीन दिन बितिसक्दा समेत दोलखामा अझै मतगणना सुरु भएको छैन । एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले जिल्लाका बिभिन्न बुथ कब्जा भएको भन्दै उजुरी दिएपछि मतगणना कार्य अगाडि बढ्न नसकेको हो ।