जिरी (दोलखा) । रामेछापमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) ले मतान्तर बढाउँदै लगेका छन् ।
एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको रामेछापमा गठबन्धनबाट उम्मेदवार बनेका तामाङले मतान्तर बढाउँदै लगेका हुन् । हालसम्म १३ हजार ८ सय ४५ मतगणना हुँदा तामाङले ६ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले ५ हजार ५२ मत प्राप्त गरेका छन् । तामाङ र ढुंगेलबीच १७ सय १५ मतको अन्तर रहेको छ । यसैगरी, पछिल्लो मतपरिणाम अनुसार प्रदेशसभा १ मा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठलाई पछि पार्दैै एमालेका उम्मेदवार शान्ति पौडेलले अग्रता लिएका छन् ।
गोकुलगंगा गाउँपालिकाको मतगणनामा पौडेलले अग्रता लिएका हुन् । पौडेलले ५ हजार ७ सय ८८ मत प्राप्त गर्दा श्रेष्ठले ५ हजार १ सय ५ मत प्राप्त गरेका छन् । जारी मतगणनामा श्रेष्ठ ६ सय ८३ मतले पछि परेका हन् ।










