images
images

मतगणना सुरु गर्न माग गर्दै चरिकोटमा मसाल जुलुस

  • ७ मंसिर २०७९, बुधबार १८:११

दोलखा । दोलखामा सत्ता गठबन्धन निकट युवाहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

मतगणना सुरु गर्न माग गर्दै गठबन्धन निकट युवाहरुले सदरमुकाम चरिकोटमा मसाल जुलुस प्रदर्शन गरेका हुन् । गठबन्धनले दोलखाका विभिन्न स्थानमा बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि दोलखामा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । सोही कारण गठबन्धन दलका उम्मेदवार र नेता तथा कार्यकर्ताहरुले लगातार विरोध प्रदर्शन गरिरहेका छन् ।

आज दिउँसो मोटरसाइकल ¥याली सहित सिठि जुलुस निकालेका गठबन्धनका कार्यकर्ताहरुले आज साँझ चरिकोटमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।