images
images

नेकपा एमालेका अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित

  • ७ मंसिर २०७९, बुधबार १८:४०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७४ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौं पटक निर्वाचित भएका हुन् । आज सम्पन्न मत गणनामा ओलीले ५२ हजार ३ सय १५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३ हजार ७ सय ४१ मत मात्र पाएका छन् । ओलीले २०७४ को निर्वाचनमा पनि अधिकारीलाई नै पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका थिए । झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासंग चुनावी तालमेल गरेको थियो ।