images
images

सिन्धुपाल्चोक–१ मा माओवादी केन्द्रका युवा नेता सापकोटा लोकप्रिय मतसहित बिजयी

  • ७ मंसिर २०७९, बुधबार २३:२५

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ वाट नेकपा माओवादी केन्द्रका युवा नेता माधव सापकोटा ‘सुवोध’ बिजयी भएका छन् ।

बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सापकोटा एमालेका उम्मेदवार सरेश नेपाललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । सापकोटाले ३० हजार ३ सय ७४ मत पाएका छन् । उनले एमालेका उम्मेदवार सरेश नेपाललाई ३ हजार ३ सय ५४ मत अन्तरले पराजित गरेका हुन् । ४० बर्षिय युवा नेता सापकोटा सिन्धुपाल्चोकको राजनीतिमा पपुलर नेता मानिन्छन् । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफु उम्मेदवार नबन्ने निर्णय सहित मार्ग प्रशस्त गरेपछि माधवलाई नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाएको थियो ।