images
images

रौतहटमा ग्याङ फाइट हुँदा तीन जना गम्भिर घाईते

  • ७ मंसिर २०८०, बिहीबार ०८:४२

रौतहट । रौतहटको कटहरियामा दुई युवा समुहबीच ग्याङ फाइट हुँदा तीन जना गम्भिर घाईते भएका छन् ।

कटहरिया नगरपालिका भवन छेउमा गएराति विवेक जैसवाल र अन्जित कुमार शाह नेतृत्वको युवा समुहबीच ग्याङ फाइट भएको हो । ग्याङ फाइटमा रड, कैँची लगायतका सामाग्रीको प्रयोग भएको पाइएको छ । प्रहरीका अनुसार स्थानीय विवेक जैसवालको घाँटीको पछाडिपट्टी भागबाट कैँची प्रहार भएको छ भने अन्जित कुमार शाह र महेश कुशवाहको टाउकोमा फलामको रड प्रहार भएको छ । ग्याङ फाइट खेल्दा गम्भिर घाईते भएका तीनै जनालाई कटहरियामा सामान्य उपचारपछि थप उपचारका लागि गएराति नै वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

आईतबार साँझ छठ पर्वको अवसरमा पूजा गर्न जाँदा कटहरिया ५ लालबकैया नदि किनारमा विवेक र अन्जितबीच सामान्य भनाभन भएको थियो । सोही विषयलाई लिएर उनीहरुबीच गएराति ग्याङ फाइट भएको बताइएको छ ।