images
images

धनकुटामा एकैपरिवारका तीन जनाको शव फेला, हत्या गरिएको आशंका

  • ७ मंसिर २०८०, बिहीबार ०९:५२

धनकुटा । धनकुटामा एकैपरिवारका तीन जनाको शव फेला परेको छ ।

धनकुटा नगरपालिका १ निगालेमा एकै परिवारका ३७ वर्षीय टीकाराम गुरुङ, उनकी ३८ वर्षीया श्रीमती भीमा र ११ वर्षीय छोरा आयुषको शव फेला परेको हो । टीकारामको शव झुण्डिएको अवस्थामा र आमा छोराको शव ओछ्यानमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजुबाबु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

यस्तै, उनकी ६ वर्षीया छोरी आशिका भने सकुसल रहेकी छिन् । उनलाई बुबा टीकाले गएरातिनै छिमेकीको घरमा पु¥याएपछि घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।