काठमाण्डौं । दुर्गा प्रसाईं पक्ष र युवा संघबीच झडप भएको छ ।
बल्खु चोकमा प्रसाईं पक्ष र युवा संघबीच झडप भएको हो । प्रसाईं पक्षका लागि तोकिएको बल्खु क्षेत्रमा युवा संघको टोली पुगेपछि त्यहाँ झडप भएको हो । यसअघि दुवै पक्षको कार्यक्रमम माइतीघर मण्डलामा तय भएको थियो । तर दुवै पक्षले एकै स्थानमा प्रर्दशन गर्दा झडप हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको स्थानलाई निषेधित क्षेत्र घोषणा गरी कार्यक्रमका लागि छुट्टा छुट्टै स्थान तोकिदिएको थियो ।
जस अनुसार आज युवा संघले काठमाण्डौंको तिनकुने र प्रसाईँ नेतृत्वको समूहले बल्खुमा वृहत प्रर्दशन तयारी गरेका थिए । तर प्रसाईँ पक्षलाई तोकिएको बल्खु क्षेत्रमा युवा संघको टोली पुगेपछि दुई पक्षबीच ढुंगामुढा भएको बताइएको छ । काठमाडौँका विभिन्न क्षेत्रमा आज प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ । युवा संघको भने तीनकुनेमा प्रदर्शनका लागि प्रशासनले ठाउँ तोकिएको छ ।










