images
images

भोली मेरो अप्रेशन हुँदैछ, अभियानवाट भाग्दिनः दुर्गा प्रसाईं

  • ७ मंसिर २०८०, बिहीबार १४:०४

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन अभियानको नेतृत्व गर्दै काठमाडौंमा प्रदर्शनको आयोजना गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफु अभियानवाट नभाग्ने बताएका छन् ।

मर्न तयार हुने तर नभाग्ने भन्दै प्रसाईंले गल्ति गरे आफुलाई गोली हानेर उडाउन प्रदर्शनमा सहभागीहरुलाई अपिल गरे । काठमाडौंको बल्खुमा भएको प्रदर्शनलाई सम्वोधन गर्दै प्रसाईंले नेपालमा जनविद्रोह सुरु भएको र बिद्रोहले गणतन्त्र सकेर जनताको तन्त्र आउने दावी पनि गरे । आजदेखि सुरु भएको बिद्रोहले काठमाडौं कव्जा गर्दै सिंहदरवार र संसद भवन कव्जा गर्ने प्रसाईंको जिकिर थियो ।

मेडिकल व्यवसायी प्रसाईंले १६ वटा मारवाडी परिवार र राजनीतिक दलका नेता मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाए । लघुवित्त, सहकारी, वैंक मारवाडीको कव्जामा रहेको र नेताहरुले विदेशी कम्पनीमा लगानी गरेको उनको आरोप थियो । राजा बोल्न समय आएको भन्दै प्रसाईंले पूर्व राजा ज्ञानेन्द्रलाई राजसंस्थाकोतर्फवाट सन्देश पठाउन आग्रह पनि गरेका छन् । मन्तव्यको क्रममा प्रसाईंले स्वरमा समस्या आएको उल्लेख गर्दै भोली आफ्नो अप्रेशन हुने बताएका छन् ।