काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईँको अराजकता सदाका लागि समाप्त भएको बताउनुभएको छ ।
काठमाडौँको तीनकुनेमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले प्रसाईँलाई पूर्व राजाको भूतको संज्ञा दिँदै भोलीदेखि ठीक ठाउँमा बस्न चेतावनी दिनुभयो । नेता बस्नेतले दुर्गा प्रसाईँमाथि बैँँक ठगेको र राजस्व छलेको आरोपमा गिरफ्तार गर्नसमेत सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले गणतन्त्रमाथि औँला उठ्दा आफ्नो पार्टी अग्रपंक्तिमा प्रतिरोधमा उत्रने बताउनुभएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली समाजमा लामो समयदेखि रहेको उल्लेख गर्दै उहाँले त्यसमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले आक्रामक हुने चतावनी दिनुभयो ।










