काठमाडौँ । १६८ मेगावट विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा थप भएको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा रसुवामा निर्माण भएका तीन वटा जलविद्युत अयाोजनाबाट १६८ मेगावट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । १४.८ मेगावटको माथिल्लो साञ्जेन, ४२.५ मेगावटको साञ्जेन र १११ मेगावटको रसुवागढी जलविद्युत आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाईनमा जोडिएका हुन् ।
तीन वटै आयोजनाबाट उत्पादित विद्युत रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेस्थित २२०/१३२/३३ केभी शवस्टेशनमा जोडि राष्ट्रिय प्रशारण लाईनमा समाहित गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार परीक्षण उत्पादन सफल भएपछि एवम् तोकिएको मापदण्ड पुरा गरेपछि साञ्जेन र रसुवागढीको व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु हुनेछ । दुवै आयोजनाबाट यही महिनाभित्र व्यवसायिक उत्पादन हुनेछ । नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाहरुबाट हिउँदमा करिव ८० मेगावट मात्रै विद्युत उत्पादन हुनेछ ।