images
images

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनः संस्थापन पक्षकै नेताबिच प्रतिस्पर्धा हुने

  • ८ पुष २०७९, शुक्रबार ०८:०१

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेताका लागि संस्थापन पक्षकै नेताबिच प्रतिस्पर्धा हुने भएको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामा प्रतिस्पर्धामा रहेका छन् । उनीहरु दुवै जना सभापति शेरबहादुर देउवा पक्षका हुन् । प्रदेशसभामा ३७ जना सांसदमध्ये संस्थापन पक्षका मात्रै ३२ जना रहेका छन् । शेखर कोइराला पक्षका सांसद ५ जना रहेका छन् । कोइराला समुहबाट हालसम्म दलको नेतामा दाबी नरहेको बुझिएको छ । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले कांग्रेस बागमती प्रको निर्वाचन रोचक मोडमा पुगेको छ । मुख्यमन्त्रीमा लामा र बानियाँले पार्टी नेतृत्वमा निरन्तर दवाव दिँदै आएका छन् । सबैभन्दा ठुलो दलको रुपमा रहेको कांग्रेसले प्रदेशसभामा ३७ सिट जितेको छ ।

बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि पुस १३ गतेका लागि निर्वाचनको मिती तोकेको छ । चन्द्र महर्जनको संयोजकत्वमा रहेको निर्वाचन समितीले संसदीय दलको कार्यालय हेटौंडा परिसरमा निर्वाचन गर्ने निर्णय गरेको हो । समितीले पुस १३ गते दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय तय गरेको छ । त्यसका लागि पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिनेछ भने सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय रहेको छ ।