images
images

बागमती प्रदेशका नवनिर्वाचित सांसदले पुस १४ गते सपथ लिने

  • ८ पुष २०७९, शुक्रबार १४:२९

हेटौँडा ।बागमती प्रदेशका नवनिर्वाचित सांसदको सपथग्रहण पुस १४ गते हुने भएको छ ।

प्रदेशसभाको दोस्रो कार्यकालका लागि मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भएर आएका सांसदहरुको सपथग्रहण पुस १४ गते हुने भएको हो । प्रदेशसभामा बसेको सर्वदलीय बैठकमा १३ गते प्रदेशसभाको जेष्ठ सदस्यले प्रदेशप्रमुख समक्ष सपथ लिने र १४ गते सांसदहरुको सपथग्रहण गर्ने बिषयमा सहमति भएको हो । जेष्ठ सदस्यको शपथपछि अरु १०९ जना सांसदहरुलाई शपथ ग्रहण गराईने सरकारका प्रबक्ता एबम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो ।

जेष्ठ सदस्यको रुपमा नुवाकोटबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगानाले पुस १३ गते दिउँसो २ बजे प्रदेश प्रमुख मार्फत् सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभाको पहिलो बैठक भने आगामी पुस १७÷१८ मा राख्ने निर्णय गरिएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभाको पहिलो बैठक बसेपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताउनुभयो ।