images
images

नागरिकलाई चिसोबाट बचाउन दोलखामा चार लाख खर्च गर्न अख्तियारी

  • ८ पुष २०७९, शुक्रबार १५:३७

दोलखा । दोलखा सहित २० जिल्लाका नागरिकलाई चिसोबाट बचाउन चार लाखका दरले रकम खर्च गर्न अख्तियारी दिइएको छ ।

सरकारले जिल्लामा रहेको विपद व्यवस्थापन कोषबाट खर्च गर्ने गरी २० जिल्लालाई अख्तियारी दिएको हो ।  गृहमन्त्री बालकृष्ण खाँणले आज मन्त्रीस्तरीय निर्णयबाट शीतलहर, हिमपात र अत्याधिक चिसो हुने २० जिल्लालाई तीन तहमा विभाजित गरी सोही अनुसार खर्चको अख्तियारी प्रदान गर्नुभएको हो । जस अनुसार हिमाली जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायका जिल्लालाई चार लाखका दरले खर्च गर्नेगरी अख्तियारी दिइएको छ । शितलहरबाट सबैभन्दा बढी प्रभावित हुने तराईका जिल्ला सप्तरी, सिरहा लगायतका जिल्लालाई १२ लाखका दरले खर्च गर्नेगरी अख्तियारी दिइएको छ भने नवलपरासी पुर्व, दाङ, बाँके, बर्दिया र कञ्चनपुरलाई ८ लाखका दरले खर्च गर्न भनिएको छ ।

कोषमा रकम अपुग भएमा माग गरि नेपाल सरकारको स्वीकृत मापदण्ड बमोजित तोकिएको सिमाभित्र खर्च गर्न पनि निर्देशन दिइएको छ । यसअघि साउन २० गते बसेको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ स्विकृत गरेको थियो । सोही कार्यविधि अनुसार चिसोबाट बचाउन विभिन्न जिल्लालाई रकम खर्च गर्ने अखितयारी दिइएको छ ।