images
images

सिन्धुपाल्चोकका एसपी यादव भ्रष्टचार मुद्धामा दोषी ठहर

  • ८ पुष २०७९, शुक्रबार १६:१९

काठमाडौं । सर्वोच्च अदालतले सिन्धुपाल्चोकमा प्रहरी प्रमुखका रुपमा कार्यरत नेपाल प्रहरीका उपरिक्षक (एसपी) रामेश्वर यादवलाई भ्रष्टचार मुद्धामा दोषि ठहर गरेको छ ।

विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले उनलाई दोषि ठहर गरेको हो । न्यायधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै यादवलाई दोषि ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० सालमा रुपन्देहीमा कार्यरत रहँदा यादवले अनियमितता गरी मुद्धा मिलाएको भन्दै उनी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

विशेष अदालतले २०७१ सालमा उनलाई निर्दोष सावित गरेको थियो । तर साँढे ७ वर्षपछि सर्वोच्च अदालतले सोही मुद्धामा विशेष अदालतको फैसला उल्ट्याउँदै हाल एसपी रहेका यादवलाई दोषि ठहर गरेको हो । सर्वोच्चले उनीसँगै प्रहरी हवल्दार ढकबहादुर गुरुङलाई पनि दोषि ठहर गरेको छ ।