images
images

१२ सहसचिवको सरुवा, बागमतीमा तीन प्रदेश सचिव पठाईयो

काठमाडौँ । सरकारले बागमती प्रदेश सहित विभिन्न प्रदेशमा प्रदेश सचिवहरु खटाएको छ ।

मन्त्रीपरिषदको निर्णय अनुसार सरकारले १२ जना सहसचिवको सरुवा गरेको हो । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवद्धय रितेश कुमार शाक्य र वीरेन्द्र देव भारतीलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वा अन्र्तगतमा सरुवा गरिएको छ । उनीहरु दुवै जनालाई प्रदेश सचिवको जिम्मेवारीमा बागमती प्रदेश पठाईएको हो । यस्तै, भक्तपुर अस्पतालकी वरिष्ठ कन्सल्टेन्ट सुमित्रा गौतमलाई पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बागमती प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ ।

यसैगरी, सहसचिव रुद्र प्रसाद अधिकारीलाई प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेश, सहसचिव बसन्त प्रसाद कोईरालालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सुदुरपश्चिम प्रदेश तथा सहसचिवद्धय टंक प्रसाद पाण्डे र नवराज ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ ।