images
images

अध्ययन कार्यदलको दुई विकल्प, बागमती प्रदेशमा कति मन्त्रालय ?

  • १० माघ २०७९, मंगलवार ०८:११

हेटौंडा । बागमती प्रदेशमा तीन मन्त्रालय घट्ने भएका छन् ।

प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको संयोजकत्वमा रहेको अध्ययन कार्यदलले दुई वटा विकल्प अघि सारेको छ । जसअनुसार मन्त्रालयको संख्या १४ बाट ११ वा ९ वटामा झर्न सक्नेछ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पनि अधिकतम ११ र न्युनतम ९ वटा मन्त्रालय बनाइने बताउनुभयो । प्रदेशमा मन्त्रालयको संख्या निर्धारण गर्न बनेको अध्ययन कार्यदल समितीले आज प्रतिवेदन बुझाउँदैछ । हिजो साँझसम्म प्रतिवेदन बुझाउने भनिएपनि हेटौंडा आइनपुग्दा प्रतिवेदन आज मात्रै बुझाइने प्रमुख सचिव निरौलाले बताउनुभयो । मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २६ गते पदभार ग्रहण गरेलगत्तै बागमतीमा मन्त्रालय घटाउनको लागि समिती गठन गर्नुभएको थियो । सोही गठित कार्यदलले प्रदेशमा रहेका मन्त्रालयको अध्ययन पश्चात मन्त्रालय संख्या निर्धारण गर्दै सुझावसहितको प्रतिवेदन बुझाउन लागेको हो ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पु¥याउनुभएको थियो भने मन्त्रीपरिषद् १८ सदस्यीय बनेको थियो । जम्मकट्टेल पुस २५ मा मुख्यमन्त्री बनेपछि मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।