
काठमाडौँ । ट्राफिक प्रहरीले ट्याक्सीमा छुटेको एक लाख नगद सम्बन्धित धनीलाई बुझाएकोे छ ।
काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्याक्सीमा छुटेको नगद १ लाख सहित बिभिन्न धनमाल रहेको झोला खोजतलास गरी सोमवार धनीलाई बुझाएको हो । आईतवार दिउँसो ३ बजे काठमाडौँको ठमेलबाट बौद्ध जाने क्रममा बा १ ज ५८३ नम्बरको ट्याक्सीमा छुटेको साङ्गे डोल्मा लामाको एक लाख नगद सहित महत्वपूर्ण सामान रहेको झोला फेला पारेर हस्तान्तरण गरेको प्रहरीले जनाएको छ । लामाले दिएको निवेदनका आधारमा सिसिटिभि फुटेजको सहायताबाट ट्राफिक प्रहरीले सामान फेला पारेर बुझाएको हो ।
कार्यालयको खोजतलास शाखामा सवारी साधनमा सामान छुटेको भनि २ सय ६४ वटा निवेदन परेकोमा १ य ९५ जनाको करिब १ करोड १९ लाख ४२ हजार बराबरको सामान खोजतलास गरी बुझाएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।