सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक पुरुष मृत फेला परेका छन् ।
बलेफि गाउँपालिका वडा नम्बर १ का ६४ वर्षिय इक बहादुर खड्का मृत फेला परेका हुन् । उनको शव सालघारी वनको खोल्सामा फेला परेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । घरमा एक्लै बस्दै आएका उनी ८ गतेदेखि वेपत्ता भएका थिए । वेपत्ता भएका उनको निधार र आँखीभौंमा गम्भिर चोट लागेको अवस्थामा खोल्सामा शव भेटिएको हो । घटना संकास्पद भएकाले अनुसन्धान भइरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।