images
images

अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्वका लागि दोलखाका यी युवा प्रतिस्पर्धामा

  • ११ माघ २०८१, शुक्रबार १७:३०

दोलखा । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्वका लागि दोलखाका १० जना चुनावी मैदानमा उत्रिएका छन् ।

केन्द्रीय कार्यसमिति चयनका लागि भोली हुने मतदानमा दोलखाका १० जना चुनावी मैदानमा उत्रिएका हुन् । जसअनुसार खुल्ला उपाध्यक्षका लागि एक, महासचिवका लागि दुई तथा सचिवका लागि चार जनाको उम्मेदवारी परेको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याँकुका रोशन खड्काले खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । खड्का यसअघि तीन कार्यकाल जिल्ला अध्यक्ष हुँदै हाल केन्द्रीय सचिवालय सदस्य छन् ।

यस्तै, महासचिवका लागि सञ्जिव फुयाल र शिव बस्नेतको उम्मेदवारी परेको छ । जिल्लाबाट केशव कार्की, आर्टिष्ट मोक्तान, रुरल एम र लोप्साङ लामाले सचिव पदमा उम्मेदवारी दिएका छन् । मेलुङ गाउँपालिका –२ का कार्कीले खुल्ला सचिव, शैलुङ गाउँपालिका–५ घर भएका मोक्तानले जनजाती कोटाबाट तथा तामकोशी –६ की रुरल एमले छात्रा र मेलुङ गाउँपालिका ३ घर भएका लामा सहिद सन्तती कोटाबाट सचिवको उम्मेदवार बनेका हुन् ।

यसैगरी, दोलखाको मेलुङ गाउँपालिका ४ भेड्पुका विकल खड्काले केन्द्रीय सचिवालय सदस्यमा उम्मेदवारी दिएका छन् भने अनुशासन आयोगको उपाध्यक्षमा उपेन्द्र केसीको उम्मेदवारी परेको छ । तामाकोशी गाउँपालिका ६ च्यामाकी सुस्मा रेग्मी अनेरास्ववियू क्रान्तिकारीको केन्द्रिय लेखा आयोगको खुला संयोजक पदका लागि चुनावी मैदानमा रहेकी छिन् ।

अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कोटाबाट दोलखाका ज्योतिराज गिरी निर्विरोध निर्वाचित भैसकेका छन् । हाल केन्द्रिय सदस्य रहेका गिरी जिल्ला कोटाबाट पुनः केन्द्रिय सदस्यमा निर्विरोध भएका हुन् ।