images
images

साँगामा सवारीको ठक्करबाट काभ्रेपलाञ्चोकका एक पुरुषको मृत्यु

  • १२ फाल्गुन २०७८, बिहीबार ०९:२९

काभ्रेपलाञ्चोक । साँगामा सवारीको ठक्करबाट काभ्रेपलाञ्चोकका एक पुरुषको मृत्यु भएको छ ।

अरनिको लोकमार्ग अन्तर्गत साँगामा गएराति सवारी साधनले ठक्कर दिँदा बनेपा नगरपालिका वडा नम्बर १४ का ३१ वर्षीय विशाल तामाङको मृत्यु भएको हो । रातको समय भएकोले ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको र ट्रिपरले ठक्करबाट उनको मृत्यु भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज राजन कोइरालाले जानकारी दिनुभयो । ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।