images
images

शान्ति सुरक्षामा खलल पुर्याउने तत्वको पहिचान गरेर कारवाही गरिने छः डिएसपी पौडेल

  • १२ फाल्गुन २०७८, बिहीबार ११:३४

दोलखा । दोलखाका नयाँ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगाप्रसाद पौडेलले जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न शान्ति सुरक्षा खलबलाउने तत्वको पहिचान गरी गृहकार्य गर्ने बताउनुभएको छ ।

हालै मात्र सरुवा भएर दोलखा आउनु भएका डिएसपी पौडेलले प्रहरी परिचालन गरी शान्ति सुरक्षामा खलल पु¥याउने तत्वको पहिचान गरी कारवाही गर्ने बताउनुभएको हो । जिल्लामा हुने श्रृङ्खलावद्ध चोरीका घटनाहरुको सुक्ष्म अनुसन्धान गरी त्यस्ता गतिविधिमा संलग्नलाई कारवाहीको दायरमा ल्याउन पहल गर्ने उहाँको भनाई छ । स्थानीय तहको निर्वाचन नजिकिरहेका बेला प्रहरी प्रमुखका रुपमा जिल्लामा आएका डिएसपी पौडेलले निर्वाचन आफैमा चुनौतीपुर्ण रहेको भन्दै त्यसलाई विवादरहित, निष्पक्ष, शान्तिपुर्ण बनाउने मान्यतामा रहेर समग्र राजनीतिक दलका प्रतिनिधिहरुसँग व्यापक छलफल गर्ने बताउनुभयो । आगामी निर्वाचनमा द्धन्द्ध निम्त्याउन नदिनका लागि आवश्यक छलफल गर्ने उहाँको भनाई छ ।

हेर्नुहोस् डिएसपी पौडेलसँगको संक्षिप्त कुराकानीः

हालै मात्र दोलखाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ, जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि कस्तो योजना बनाउनुभएको छ ?

समग्र जिल्ला भरीको शान्ति सुरक्षा खलबलाउने तत्वहरु के छन् । थप पहिचान गछौँ । मलाई लाग्छ, प्रहरीको उपस्थिति धेरै भयो भने त्यस्ता शान्ति सुरक्षामा खलल पु¥याउने तत्वहरु कम हुन्छन् भन्ने मेरो बुझाइ छ अहिलेसम्म त्यसमा अरु थप गृहकार्य गछौं ।

दोलखामा तपाईँ आउनुभन्दा अघि देखि नै जलबिद्युत आयोजनाको कवाडी ओसारपसार लगायतका बिषयहरु विवादित बनिरहेका छन्, यसको कसरी व्यवस्थापन गर्नुहुन्छ ?

यो सम्बन्धमा थप जानकारी लिएर यहाँसँग पछि कुरा गरौँला ।

जिल्लामा चोरी एबम् लुटपाटका घटना भैरहेका छन्, धेरै घटनाका दोषि पहिचान हुन बाँकी छ, चोरीको यस्तो श्रृङखलालाई कसरी रोक्न सकिएला ?

चोरी अपराधको अनुसन्धानका लागि हामिले टेक्निकल र म्यानुअल दुवैतरिकाबाट अनुसन्धान गछौँ । त्यसका लागि मेरो टिमले अनुसन्धान गरिरहेको छ । पुरानो पेन्डिङ मुद्धाहरुलाई हेछौँ । त्यसमा हामिले निरन्तर अनुसन्धान गरिरहेका छौँ, गछौँ ।

सरकारले स्थानीय तहको निर्वाचन तोकिसकेका बेला सम्भावित राजनीतिक द्धन्द्ध र त्यसले निम्त्याउने जोखिमलाई कसरी कम गर्न सकिएला ?

निर्वाचन आफैंमा एउटा च्यालेन्जीङ कुरा त छँदैछ । निर्वाचन शान्त, विवाद रहित निश्पक्ष हुनु पर्दछ । यो मान्यतामा रहेर हामी समग्र राजनितिक दलका प्रतिनिधि, नेता ज्युहरुसँग बसेर आपसी संवाद, द्धन्द्धलाई कसरी कम गर्न सकिन्छ । चुनावलाई शान्तीपुर्ण कसरी बनाउन सकिन्छ । विवाद रहित कसरी बनाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल गर्नेछौं ।

दोलखामा निर्वाचनका बेला विगतमा मानिसको ज्यानै जाने घटना पनि भएका छन्, त्यस्ता घटना हुन नदिन प्रहरी चनाखो बन्नु पर्ला नि ?

प्रहरी पक्कै पनि चनाखो बन्नपर्छ । त्यो हिसाबमा मैले मेरो प्रहरीलाई परिचालन गर्छु । अघि मैले भने झै, हामी संवाद, आपसी छलफलबाट द्धन्द्ध निम्तने कुराहरुको विषयमा छलफल गछौं । द्धन्द्धलाई कम गयौं भने पक्कै पनि अप्रिय घटनाहरु कम हुन्छन् । यस्ता घटना हुन नदिनेमा हामी क्रियाशिल हुनेछौं ।