images
images

प्रधानन्यायाधीश जबरामाथि लागेको महाअभियोगका विरुद्ध सर्वोच्चमा रिट

  • १२ फाल्गुन २०७८, बिहीबार १२:४२

काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोगका विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ताहरू पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्द लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाइएको भन्दै उनीहरूले संघीय संसद् सचिवालय, सभामुख लगायतलाई विपक्षी बनाई महाभियोग प्रस्ताव खारेजीका लागि अन्तरिम आदेश, उत्प्रेषण, परमादेश लगायतका माग दाबी गरेका थिए ।

हिजो साँझ दर्ता भएको सो रिटमाथि संवैधानिक व्याख्याको आवश्यकता रहेको भन्दै उक्त रिटलाई संवैधानिक इजलासमा पठाइएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोगको प्रस्ताव अगाडि नबढाई यथास्थितिमा राख्न र जबरालाई स्वतन्त्र ढङ्गले कामकाज गर्न दिन रिटमा माग दाबी गरिएको छ ।