काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा अमेरिकी सहयोग परियोजनामाथि छलफल हुने भनिए पनि बैठक आकस्मिक रुपमा स्थगित गरिएको छ ।
सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गर्नुभएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजका लागि बोलाइएको बैठक सूचना टाँसेर भोलीसम्मका लागि स्थगित गरिएको हो । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सुचनामा विशेष कारणले बैठक बस्न नसक्ने उल्लेख छ । प्रतिनिधिसभाको बैठक भोली दिउँसो १ बजे बस्नेछ ।