
काठमाडौँ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो । बैठकमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बुधवार साँझ कांग्रेस र माओवादी केन्द्रबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो । कांग्रेश र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई ब्युँताउने सहमति भएको थियो । सोही अनुसार आज दलको बैठक बसेको थियो । बैठकमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपाले पाउने सहमति भएको छ ।
जसपाले उपराष्ट्रपति पाउने भएपछि दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार बनेदेखि जसपाले उपराष्ट्रपतिका लागि बार्गेनिङ गर्दै आईरहेको थियो । उपराष्ट्रपतिमा सहमति नहुँदा जसपा सरकारमा सहभागी भएको थिएन । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति छाडेर सहमति हुन नसक्ने बताएका छन् ।